११ महिनामा भित्रियो ८ खर्ब ७० अर्ब रेमिट्यान्स
काठमाडौं।चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।नेपाल राष्ट्र बैंककाअनुसार साउनदेखि जेठसम्मको अवधिमा उक्त रमेमिट्यान्स भित्रिएको हो। यो गत वर्षको यही अवधिको तुलनामा १२.६ प्रतिशतको वृद्धि हो।गत वर्ष रेमिट्यान्स भित्रिने क्रम कोरोना भाइरसका कारण ३.२ प्रतिशतले खुम्चिएको थियो। यसैगरी यस अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १०.४ प्रतिशतले बढेको केन्द्रीय बैंकले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्