यी तीन स्थानीय तहमा अझै पुगेनन् बैंक काठमाडौं। देशका कुल ७५३ स्थानीय निकायमध्ये अझै तीन वटा स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्न सकेका छैनन्। केन्द्रीय बैंकले दिएको जानकारी अनुसार तीन वटा बाहेक सबै स्थानीय तहमा बैंकका शाखा खुलिसकेका छन्। अहिलेसम्म धादिङको रुवीभ्याली, जाजरकोटको जुनीचाँदि र बझाङको साईपाल गाउँपालिकामा वाणिज्य बैंकले शाखा खोल्न नसकेका हुन्। त्यहाँ सडकको पहुँच नभएको तथा सुरक्षाका चुनौतीका कारण बैंकको शाखा नखुलेको हो। 
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्