११ अंकले बढ्यो नेप्से काठमाडौं। साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.३३ अंकले बढेको छ। घटेर कारोबार सुरु भएको नेप्से परिसूचक अन्तिमसम्ममा दोहोरो अंकले बढ्दै २८ सय ८३ अंकमा पुगेको हो। आज ८ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार हुँदा ५ करोड ८५ लाख कित्ता सेयर किनबेच भएको छ। सेयर बजारमा हिजो बुधबार सामान्य सुधार आएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्