पुनर्निर्माण प्राधिकरणको जनशक्ति यथावत राख्न सिफारिस
काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणलगायतका कार्यहरू सम्पन्न गर्न प्राधिकरणको अवधिभर विद्यमान जनशक्ति यथावत् राख्न सिफारिस गरेको छ। बिहीबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले कोभिड महामारी नियन्त्रणका लागि घोषित निषेधाज्ञाका कारण निजी आवास पुनर्निर्माणलगायतका कार्यमा अवरोध भएकाले हाल कार्यरत कर्मचारीहरूको दरबन्दीलाई निरन्तरता दिने निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस्