यो वर्ष पुनर्निर्माण कार्यमा ५३ अर्ब रुपैयाँ खर्च काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आर्थिक वर्ष २०७७/७८ मा पुनर्निर्माणका लागि विनियोजित बजेट ६९ अर्ब ३३ करोडमध्ये ५३ अर्ब खर्च गरेको छ। समग्र पुनर्निर्माण कार्यमा ७६।४४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको प्राधिकरणले जनाएको छ। निजी आवासतर्फ विनियोजित कूल बजेटमध्ये २१ अर्ब ५६ करोड रुपैयाँ खर्च गरेको छ। चालु आर्थिक वर्षमा निजी आवास पुनर्निर्माणको लागि २३ अर्ब ८५ करोड रुपैयाँ छुट्ट्याइएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्