कर्णाली सरकारले अध्यादेशबाट बजेट ल्यायो काठमाडाैं।कर्णाली प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ।असार १ गते ल्याएको बजेटमाथि प्रदेशसभामा एक महिनासम्म प्रमुख विपक्षी एमालेको अवरोधका कारण छलफल हुन नसकेपछि सरकारले अध्यादेशमार्फत बजेट प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो।संविधानको धारा २०२ को उपधारा १ बमोजिम सरकारबाट सिफारिस भएको अध्यादेश प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले जारी गरेका छन्।एमालेले विधेयक विचाराधीन रहेको अवस्थामा अध्यादेशबाट बजेट ल्याउने सरकारको निर्णयलाई असंवैधानिक भनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्