अटोमोबाइल्स व्यवसायीले भेटे अर्थमन्त्री
काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएशन नेपालका प्रतिनिधि र अर्थमन्त्री जनार्दन शर्माबीच भेटघाट भएको छ। नयाँ सरकार अर्थमन्त्रालय सम्हालेका शर्मालाई नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वको पाँच सदस्यीय टोलीले भेटेको हो। भेटमा नाडाले अटोमोबाइल्स व्यवसायी र कर्मचारीलाई छिटो खोप उपलब्ध गराउन माग गरेको छ। अटोमोबाइल्स व्यवसाय कोरोना महामारीका कारण प्रभावित बनिरहेकाले छिटो कर्मचारी, कामदार र व्यवसायीलाई खोप उपलब्ध गराउन नाडाले माग गरेको हो।
प्रतिक्रिया दिनुहोस्