महासंघद्वारा प्रधानमन्त्री र अर्थमन्त्रीसँग छुट्टाछुट्टै भेट काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले नयाँ सरकार गठन भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग छुट्टाछुट्टै भेटवार्ता गरेको छ। महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको हो। यसक्रममा महासंघले कोभिड–१९ विरुद्धको खोपमा निजी क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्। यसक्रममा महासंघले कोभिड महामारीले थिलथिलो बनेको अर्थतन्त्रलाई उठाउन तत्काल आवश्यक कदम उठाउन समेत माग गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्