गत वर्ष ८० प्रतिशत बजेट खर्च काठमाडौं। सरकारले गत आर्थिक वर्ष २०७७/७८ मा कुल विनियोजित बजेटको ८०.८ प्रतिशत खर्च भएको छ। महालेखा नियन्त्र कार्यालयका अनुसार वर्षको असार मसान्तसम्ममा कुल ११ खर्ब ८० अर्ब ९५ करोड रुपैयाँ बजेट खर्च भएको हो। गत वर्ष सरकारले कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। गत आर्थिक वर्षमा सरकारले दुई पटक बजेट संशोधन गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्