नयाँ आर्थिक वर्ष सुरु भयो, अझै १९२ स्थानीय तहले पेश गरेनन् बजेट
काठमाडौं।आजबाट नयाँ आर्थिक वर्ष २०७८/७९ सुरु हुँदा पनि ७५३ मध्ये १९२ स्थानीय तहले बजेट पेस गर्न सकेका छैनन्।नियमअनुसार स्थानीय तहले असार १० गतेभित्र अर्को आर्थिक वर्षको लागि बजेट पेस गरिसक्नु पर्ने हुन्छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार हालसम्म ५६१ स्थानीय तहले मात्र बजेट पेस गरेका छन्।नयाँ बजेट पेस गरी पास नगरेसम्म स्थानीय तहले कुनैपनि विषयमा खर्च गर्न पाउने छैनन्।
प्रतिक्रिया दिनुहोस्