६३ थान पुरातात्विक महत्वका मूर्ती तथा कलावस्तु स्वदेश फिर्ता
काठमाडौं। विभिन्न समयमा चोरी भई विश्वमा विभिन्न राष्ट्र पुर्याइका नेपाली पुरातात्विक महत्वका मूर्ती तथा कलावस्तुमध्ये हालसम्म ६३ थान स्वदेश फर्काइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पछिल्लो समय बेलायतबाट १९ थान, अष्ट्रियबाट १ थान, अमेरिकाबाट १४ थान, जर्मनीबाट १ थान मूर्ती तथा कलावस्तु फिर्ता ल्याइएको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै ती वस्तुहरु नेपाल ल्याइएको बताएको हो।
प्रतिक्रिया दिनुहोस्