सर्वाधिक स्मार्टफोन बिक्री गर्ने कम्पनीको सूचीको दोस्रो नम्बरमा उक्लियो शाओमी एजेन्सी। शाओमी यो वर्षको अप्रिलदेखि जुन महिनाभित्र सर्वाधिक स्मार्टफोन बिक्री गर्ने कम्पनीको सूचीमा दोस्रो नम्बरमा उक्लिएको छ। शाओमीले यसअघि सूचीको दोस्रो स्थानमा रहेको एप्पललाई पछि पारेको हो। सूचीको पहिलो नम्बरमा १९ प्रतिशत बजार हिस्सासहित सामसुङ यथावत् रहेको छ। शाओमी बितेको त्रैमासमा १७ प्रतिशत बजार हिस्सासहित दोस्रो नम्बरमा पुगेको हो। विश्व बजारमा एप्पलले हाल १४ प्रतिशत बजार हिस्सा ओगटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्