यस्तो छ आज डलरको मूल्य
काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११९.६० रुपैयाँ र खरिद मूल्य ११९ रुपैयाँ कायम गरेको छ। यसैगरी केन्द्रीय बैंकले आजका लागि एक यूरोको बिक्री मूल्य १४१.३७ रुपैयाँ र खरिद मूल्य १४०.६६ रुपैयाँ कायम गरेको छ। यसबाहेक आज एक पाउण्डको बिक्री मूल्य १६५.३७ रुपैयाँ र खरिद मूल्य १६४.५४ रुपैयाँ कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्