समयको बचत हुनेगरी बिमा समितिले ल्यायो ‘आईआरएमआइएस’ प्रविधि काठमाडौं। बीमा समितिले नयाँ ‘सर्भर र सफ्टवेयर इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिस्टम’ (आईआरएमआइएस)को व्यवस्था गरेको छ। सम्पूर्ण बीमा व्यवसायको तथ्याङ्क व्यवस्थापन गर्न र समितिमा सेवा लिन आउने सेवाग्राहीहरुको काम पनि छोटो समयमा सम्पन्न गर्नका लागि नयाँ सफ्टवेयर जडान गरेको समितिले जनाएको छ। समितिकाअनुसार उक्त सफ्टवयरमार्फत बीमालेख,सूचना प्रविधिसम्बन्धी विवरणका साथै स्थलगत, गैरस्थलगत सुपरीवेक्षण, कृषि तथा लघुबीमा, पुनर्बीमासम्बन्धी विवरणहरु प्राप्त गर्न सकिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्