सातामा १६ अंकले घट्यो नेप्से काठमाडौं। यस साता नेपाल स्टक एकस्चेञ्ज (नेप्से) १६.४१ अंकले घटेको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २८ सय ९९ अंकमा थियो। त्यसयताका चार दिनमा निरन्तर घटेर अन्तिम कारोबार दिन बिहीबारसम्म आइपुग्दा २८ सय ८३ अंकमा आएर रोकिएको छ। नेप्से परिसूचक साताको सोमबार एकैदिन ४५ अंकले घटेको थियो। त्यसपछिका दिनमा निरन्तर बढेपनि समग्रमा नेप्से परिसूचक घटेरै बन्द भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्