नेपाल भित्रियो ४३ करोडको राइस कुकर काठमाडौं। नेपालले गत आर्थिक वर्षको ११ महिनाको अवधिमा ४३ करोड १२ लाख रुपैयाँको राईस कुकर आयात गरेको छ। भन्सार विभागको तथ्यांक अनुसार उक्त मूल्यमा चारलाख २४ हजारवटा राइस कुकर भित्रिएको हो। यसबापत सरकारले १२करोड ५७लाख रुपैयाँ भन्सार राजश्व संकलन गरेको विभागले जानकारी दिएको छ। पछिल्लो समय नेपालमा विद्युत उत्पादन बढ्न थालेपछि सरकारले विद्युतीय सामाग्रीको प्रयोग बढाउन अनुरोध गर्दै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्