विराटनगरमा लक्ष्यभन्दा आठ करोड बढी राजश्व सङ्कलन रासस। आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७७/७८ मा कुल रु आठ अर्ब ९३ करोड ३७ लाख ७६ हजार राजश्व सङ्कलन गरेको छ। सो अवधिमा रु आठ अर्ब ८४ करोड ४६ लाख २२ हजार राजश्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य थियो। कार्यालयले लक्ष्यभन्दा रु आठ करोड ९१ लाख ५४ हजार बढी राजश्व सङ्कलन गर्न सफल भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्