कारोबार भएका सबै समूहमा हरियाली
काठमाडौं। आज सेयर बजारका कारोबार भएका १३ वटै समूह बढेका हुन्। जसमध्ये जीवन बिमा समूहमा ६४८ अंकको सुधार आएको छ। यस्तै, निर्जीवन बिमा समूहको सूचक ४४१ अंकले बढेको छ। आज म्युचल फण्ड समूहमा सबैभन्दा कम ०.५३ अंक र लगानी समूहमा १.७१ अंकको वृद्धि भएको छ। यस्तै, आज वाणिज्य बैंक समूह ९२ अंकले बढेको छ।
प्रतिक्रिया दिनुहोस्