तेलको मूल्य घटाउन ओपेक सहमत काठमाडौं। अन्ततः तेल उत्पादक राष्ट्रहरुको संगठन ओपेक पेट्रोलियम पदार्थको मूल्य घटाउन तयार भएको छ। ओपेकको बैठकबाट तेल उत्पादक राष्ट्रहरुले तेलको आपूर्ति बढाउन सहमत भएका हुन्। हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७७ अमेरिकी डलर पुगिसकेको छ। खासगरी संसारका मुख्य तेल उत्पादक राष्ट्रहरुले कोभिड–१९ महामारीपछि तेलको उत्पादन कटौती गर्दा मूल्य निरन्तर बढिरहेको छ। अब तेलको मूल्य घट्ने आँकलनसमेत गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्