ताप्लेजुङका किसानले अलैँचीबाट गरे १ अर्ब ३५ करोडको आम्दानी काठमाडौं। ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको बिक्रीबाट एक वर्षमा किसानले एक अर्ब ३५ करोड आम्दानी गरेका छन्। अलैँची जोनबाट २ हजार ६ मेट्रिक टन अलैँची उत्पादन भएको थियो। दुई हजार मेट्रिक टन अलैँची बिक्रीबाट १ अर्ब ३५ करोड आम्दानी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालय ताप्लेजुङले जनाएको हो। करिब छ मेट्रिक टन अलैँची मात्र ताप्लेजुङमा खपत भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्