एक वर्षमा २१ लाखले बढ्यो ‘मेरो सेयर’ खाता
काठमाडौं। पछिल्लो एक वर्षको अवधिमा मेरो सेयर खाताको संख्या २१ लाख १० हजारले बढेको छ। अघिल्लो आर्थिक वर्ष २०७६/७७को असार मसान्तसम्ममा जम्मा सातलाख ४२ हजार जनाको मेरो सेयर खाता थियो। गत आर्थिक वर्ष २०७७/७८मा बढेर २८लाख५२ हजार पुगेको सीडीएसी एण्ड क्लियरिङ लिमिटेडले बताएको छ। सीडीएसीका प्रवक्ता सुरेश न्यौपानेले एक वर्षको अवधिमै मेरो सेयरको संख्या २१ लाखभन्दा बढीले बढेको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्