९१ प्रतिशतले बढ्यो एसियन पेन्ट्सको नाफा एजेन्सी। बहुरराष्ट्रिय कम्पनी एसियन पेन्ट्सको नाफा ९१ प्रतिशतले बढेको छ। सन् २०२१ को अप्रिल–जुनमा उक्त प्रतिशतले नाफा बढेको टाइम्स अफ इन्डियाले बताएको छ। जसअनुसार यस वर्षको उक्त अवधिमा कम्पनीले ५ हजार ५८५ करोड भारु कमाएका छन्। अघिल्लो वर्षको यही अवधिमा कम्पनीले दुई हजार ९२२ करोड भारु कमाएको थियो। एसियन पेन्ट्सका सीईओ अमिट स्यांगेलले महामारीको समयमा कम्पनीको व्यवसाय बढेको जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्