चीनले सुरु गर्यो ६०० किलोमीटर प्रति घण्टा गुड्ने रेल
एजेन्सी। चीनले मंगलबार ६०० किलोमीटर प्रतिघण्टाको रफ्तारमा चल्ने रेलको सुरुवात गरेको छ। यो मेग्लेव रेल विश्वमा सबैभन्दा द्रुत गतिमा चल्ने रेल हो। यसको विकास चीनमा गरिएको हो। यसमा इलेक्ट्रो–म्याग्नेटिक फोर्सको प्रयोग गरिएको छ। चुम्बकीय उत्तोलनका कारण यो रेल लिकमा नभई हावामा चल्नेगर्छ। यसैकारण यस्तो रेलमा उर्जा खपत एकदम हुने गर्छ। पूर्वी चीनको शान्दोङ प्रान्तमा पहिलो पटक मेग्लेव रेल चलाइएको हो।
प्रतिक्रिया दिनुहोस्