कति छ आज सुकेको प्याजको मूल्य? काठमाडौं। पछिल्लो समय नेपाली बजारमा तरकारीको मूल्य निरन्तर बढ्न थालेको छ। कालिमाटी फलफूल तथा तरकारी बजारका अनुसार सबैजसो तरकारीको मूल्य बढ्न थालेको हो। आज कालिमाटीको होलसेल बजारमा सुकेको प्याजको मूल्य प्रतिकिलो ४९ रुपैयाँ छ। जबकी, जेठ पहिलो सातामा यसको मूल्य प्रतिकिलो ४२ रुपैयाँ मात्रै थियो। दुई महिनाको अवधिमा प्याजको मूल्य होलसेल बजारमै प्रतिकिलो ७ रुपैयाँले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्