उपभोक्तालाई म्याद सकिएका वस्तु बेच्छन् व्यापारी, एक वर्षमा ४ करोडका यस्ता वस्तु नष्ट गरियो
काठमाडौं। व्यापारीहरुले उपभोक्तालाई म्याद सकिएको वस्तुहरु बेच्ने गरेको पाइएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा अन्तर्गतका ५ कार्यालयहरु (विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढी)ले गत आर्थिक वर्ष २०७७÷७८ मा बजार अनुगमन गर्दा यस्तो पाइएको हो। गत आर्थिक वर्ष मात्र यसरी बेच्न राखिएको ३ करोड ९८ लाख ५३ हजार २५९ रुपैयाँ बराबरको वस्तुहरु नष्ट गरिएको विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्