चेम्बरले गठन गर्‍यो सुन चाँदी रत्न आभूषण समिति काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले सुनचाँदी रत्न आभूषण खानी तथा भूगर्भ समिति गठन गरेको छ। चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले रमेश महर्जनको नेतृत्वमा समिति गठन गरेका हुन्। उक्त समितिको उपसभापतिमा दियेश रत्न शाक्य, सुमनमान ताम्राकार छन्। यस्तै, सदस्यमा केशर सेन्चुरी, विशन शाक्य, विद्या सागर ताम्राकार, किशोर पाण्डे लगायत छन्। मल्लले यो समितिले सुनचाँदी रत्न आभूषण समितिले चेम्बरमा सृजनशील भूमिका खेल्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्