गलत सूचना फैलाउनेलाई कारबाही गर्ने राष्ट्र बैंकको तयारी काठमाडौं।नेपाल राष्ट्र बैंकले १६ वटा बैंक २४ घन्टा भित्र ह्याक गर्ने भनेर गलत सूचना फैलाउनेलाई कारबाही गर्ने भएको छ।राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलले बैंकिङ क्षेत्रमा ह्याकिङको गलत इमेल पठाएर भाइरल गराउनेलाई कारबाही गर्ने बताए।उनले भने,“हामी हिजोदेखि अलर्ट बसिरहेका छौं।बुधबार रातभरी र आज बिहानैदेखि सिस्टम नियालिरहेका छौं।सबै ठिकठाक छ।”ह्याक हुने भनेर गलत सूचना फैलाउनेलाई खोजेर कारबाही गर्ने तयारी भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्