मुक्तिनाथ बैंकको ऋणपत्र आजदेखि काठमाडौं। मुक्तिनाथ विकास बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने भएको छ। कम्पनीले ८.७५ प्रतिशत व्याजदर पाइने बैकको उक्त सात वर्षे ऋणपत्रको बिक्री आजदेखि खुला गरेको हो। बैंकले प्रतिकित्ता १०० रुपैयाँको दरले १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गरेको हो। जसमध्ये ५ लाख कित्ता सर्वसाधारणलाई र बाँकी ७ लाख ५० हजार कित्ता व्यक्तिगत रुपमा बिक्री गरिने बैंकले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्