मस्क भन्छन्– बिटक्वाइनमा लगानी छ, सफल भएको हेर्न चाहन्छु
एजेन्सी।विश्वका दोस्रो धनाड्य तथा टेस्ला कारका सीईओ एलन मस्कले बिटक्वाइनमा आफ्नो लगानी रहेको बताएका छन्।उनले बिटक्वाईनमा आफ्नो लगानी रहेको र यसलाई सफल बनेको हेर्न चाहेको बताए।यसअघि उनको विद्युतीय कार टेस्लाको खरिदकर्ताले बिटक्वाईनबाट भुक्तानी गर्ने व्यवस्था मस्कले हटाएका थिए।लगत्तै बिटक्वाईनको मूल्य घट्न थालेको थियो।मूल्य घटेर ३० हजार डलरभन्दा तल आएपछि मस्कले ट्वीट गर्दै सफल भएको हेर्न चाहेको उल्लेख गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्