प्रदेश २ सरकारद्वारा छात्राहरुलाई साइकल वितरण काठमाडौं। प्रदेश २ सरकारले “बेटी बचाओ, बेटी पढाओ” कार्यक्रमअन्तर्गत छात्राहरुलाई साइकल वितरण गरेको छ। मुख्यमन्त्री लालबाबु राउतले पर्सा जिल्लाका विभिन्न विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरेका हुन्। बिहिवार भव्य समारोहकाबीच मुख्यमन्त्री रावतले वीरगञ्जस्थित त्रिभुवन हनुमान माविका ९८ जना, सुन्दरमल रामकुमार कन्या माविका ७२ जना र माईस्थान विद्यापिठ माविका कक्षा ८का १२० जना छात्रालाई साइकल हस्तान्तरण गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्