तेल उत्पादक कम्पनी साउदी अरामकोको डेटा लीक, ह्याकरले ५ करोड डलर मागे बीबीसी। विश्वमा सबैभन्दा मूल्यवान तेल उत्पादक कम्पनी साउदी अरामकोको डेटा लीक भएको छ। एक ठेकेदारको मद्दतमा ह्याकरहरुले डेटा लीक गरेको पुष्टी साउदी अरामको कम्पनीले गरेको छ। ह्याकरहले लीक भएको डेटाको लागि ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब रुपैयाँ) फिरौती मागेका छन्। साइबर सुरक्षामा लगानी नगरेको भन्दै तेल तथा ग्याँस उद्योगको विश्वस्तरमा आलोचना भइरहेका बेला यो घटना सार्वजनिक भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्