१६ लाख सवारीको विवरणलाई डिजिटल बनाउँदै बागमती
काठमाडौं। बागमती प्रदेश सरकारले प्रदेशमा १६ लाख सवारीसाधनलाई अनलाईन प्रणालीमा जोड्ने भएको छ। प्रदेशले अनलाईनबाटै सवारीसाधनको राजश्व भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाउन सबै सवारी विवरण डिजिटल प्रणालीमा राख्ने भएको हो। प्रदेश सरकारले आफ्नै लगानीमा आजदेखि सबै प्रकारका सवारीको राजश्व र ब्लुबुकको नवीकरण करसमेत अनलाईनबाट भुक्तानी गर्ने प्रणाली सुरु गरेको छ। प्रदेश सरकारले प्रदेशमा भएका सबै सवारीको विवरण अनलाईनमा पनि राख्नेछ।
प्रतिक्रिया दिनुहोस्