गत आर्थिक वर्षमा १५ खर्ब ३९ अर्बको आयात काठमाडौं। नेपालले गत आर्थिक वर्ष २०७७/७८ मा १५ खर्ब ३९ अर्ब रुपैयाँको आयात गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुासर आयात अघिल्लो वर्षको तुलनामा २८ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्ष नेपालले ११ खर्ब ९६ अर्ब रुपैयाँको आयात गरेको थियो। यस्तै, यस अवधिमा नेपालबाट एक खर्ब ४१ अर्बको निर्यात भएको छ। यो, अघिल्लो आर्थिक वर्षको तुलनामा ४४ प्रतिशतले बढी हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्