एक वर्षमा ३६ अर्ब ९० करोडको स्मार्टफोन आयात काठमाडौं। नेपालमा पछिल्लो एक वर्षमा ३६ अर्ब ९० करोड रुपैयाँको स्मार्टफोन आयात भएको छ। भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा उक्त रकमको स्मार्टफोन आयात भएको हो। विभागले एक वर्षको अवधिमा नेपालमा ७० लाख ३० हजार वटा स्मार्टफोन आयात भएको जानकारी दिएको छ। यसबाट सरकारले ५ अर्ब ८४ करोड रुपैयाँ भन्सार राजश्व संकलन गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्