आजदेखि लामो दूरीका सवारी साधनहरू सञ्चालन हुँदै काठमाडौं। आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधनहरू सञ्चालन हुने भएका छन्। लामो समयदेखि बन्द रहेको अन्तर जिल्ला यातायातलाई सरकारले आजदेखि खुला गरेको हो। मन्त्रिपरिषदको साउन४को निर्णयअनुसार यातायात सञ्चालनको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँले यातायात व्यवसायीलाई अनुरोध गरेको छ। प्रशासनद्वारा जारी सूचनामा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण कार्यान्वयन गर्दै सवारी सञ्चालन गर्न भनिएकोछ। प्रशासनले टिकट काटेर मात्रै यात्रा गर्न भनेकोछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्