भारतबाट एक वर्षमा एक खर्ब ६० अर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपी ग्यास नेपाल भित्रियो काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८मा नेपालमा भारतबाट एकखर्ब ६० अर्ब ५४ करोड ४४ लाख ६० हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास भित्रिएको छ। भन्सार विभागका अनुसार सो वर्ष ९१ अर्ब ९४ करोड ८१ लाख ९२ हजारको डिजेल, ३६ अर्ब १५ करोड २९ लाख ११हजारको एलपी ग्यास र ३२ अर्ब ४४करोड ३३ लाख ५६हजार रुपैयाँको पेट्रोल नेपालले आयात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्