नासा र एलन मस्कको कम्पनी स्पेसएक्सबीच सम्झौता, दुई वर्षपछि बृहस्पति ग्रहमा रकेट पठाइने
एजेन्सी। अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) र एलन मस्कको कम्पनी स्पेसएक्सबीच सम्झौता भएको छ। सम्झौताअनुसार बृहस्पति ग्रहमा जीवनको खोजी गर्न सन् २०२४ मा रकेट पठाइनेछ। यसको लागि १७ करोड ८० लाख अमेरिकी डलरको सम्झौता नासा र स्पेसएक्सबीच भएको हो। रकेट सन् २०२४ अक्टुबरमा अमेरिकाको फ्लोरिडास्थित क्यानेडी स्पेस सेन्टरबाट पठाइनेछ। बृहस्पति पृथ्वीबाट ६३ करोड किलोमिटर टाढा रहेको छ।
प्रतिक्रिया दिनुहोस्