अर्थमन्त्री भेटेर चेम्बरले दियो अर्थतन्त्र सुधार्ने सुझाव काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले अर्थमन्त्री जनार्दन शर्मासँग भेटघाट गरेको छ। चेम्बरले अर्थमन्त्रीसँग भेटेर अर्थतन्त्रलाई पुनर्स्थापित गर्न सुझाव दिएको हो। अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा गएको टोलीले कोरोना महामारीका बेला निजी क्षेत्रले भोग्नुपरेका समस्याको बारेमा जानकारी दिएको छ। हाल आयात भइरहेको कोरोना खोपको१०प्रतिशत व्यवसायीहरुलाई छुट्याउन मागसमेत गरको छ। मौद्रिक नीतिमार्फत कुल ग्रार्हस्थ उत्पादनको५प्रतिशत राहत प्याकेजको व्यवस्था गर्नुपर्ने समेत चेम्बरको माग छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्