बजार पूँजीकरणमा टेलिकमलाई उछिन्यो नबिलले
काठमाडौं। नेपाल टेलिकमलाई पछि पार्दै नबिल बैंक सेयर बजारमा सबैभन्दा धेरै बजार पूँजीकरण भएको कम्पनी बनेको छ। एक सातामै प्रतिकित्ता सय रुपैयाँले सेयर मूल्य बढ्दै१४५९ पुगेसँगै सबैभन्दा धेरै पूँजीकरण भएको कम्पनी बनेको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार हाल नबिलको कुल एकखर्ब९६ अर्ब६७ करोड बजार पूँजीकरण कायम भएको छ। दोस्रो बजारमा हाल नबिल बैंकको कुल १३करोड४८लाख कित्ता सेयर सूचीकृत छ।
प्रतिक्रिया दिनुहोस्