एक अर्ब ७१ करोडको ५ करोड किलो केरा भित्रियो काठमाडौं। गत एक वर्षमा नेपालले भारतबाट एक अर्ब ७१ करोड ५४ लाख रुपैयाँको केरा आयात गरेको छ।भन्सार विभागले सार्वजनिक गरेको एक वर्षको आयात/निर्यात तथ्यांकले यस्तो देखाएको हो।विभागकाअनुसार उक्त मूल्य बराबरको ५ करोड ८४ लाख ६५ हजार किलो केरा भित्रिएको छ। यो आयातबाट राज्यले एक वर्षको अवधिमा १५ करोड ५१ लाख ९४ हजार रुपैयाँ भन्सार राजश्व संकलन गरेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्