झापाका कृषकलाई दुई करोड अनुदान काठमाडौं। कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७७/७८ मा जिल्लाका कृषकलाई करिब दुई करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ। केन्द्रले कृषि कार्यक्रमअन्तर्गत विभिन्न ११ शीर्षकमा १५९ व्यक्ति, कृषि समूह, कृषि सहकारी, फार्मलगायतलाई एक करोड ९९ लाख ५४ हजार ९०० रुपैयाँ अनुदान उपलब्ध गराएको हो। ज्ञान केन्द्र झापाका कृषि अर्थविज्ञ शालिकराम भट्टराईले १२ पालिकाका किसानलाई उक्त रकम हस्तान्तरण गरेको जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्