सात कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि काठमाडौं। आज साताको पहिलो कारोबार दिन सात वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। कारोबार भएदेखि नै उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे एकसम्म४५अंकले बढेको छ। यसक्रममा विशाल बजार,नाग्दी ग्रुप,सपोर्ट माइक्रोफाइनान्स,पञ्चकन्या माई, जोशी हाइड्रो युनिभर्सल पावर र हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य १०प्रतिशतले बढेको नेप्सेले जानकारी दिएको छ। उच्च मूल्यवृद्धिसँगै यी कम्पनीमा आज सकरात्मक सर्किट लागेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्