कतार जाने यात्रुका लागि यस्ता छन् नयाँ नियम
काठमाडौं। कतार प्रवेश गर्ने हरेक यात्रुले नेपालमा तोकिएका स्वास्थ्य संस्थाबाट जारी भएको ७२ घण्टाभित्रको कोभिड १९ नेगेटिभ पीसीआर रिपोर्ट लिएर मात्र यात्रा गर्न पाइनेछ। यात्रा गर्नुभन्दा कम्तीमा १२ घण्टाअघि अनलाइन माध्यमबाट प्रि–रजिष्ट्रेशन गरेर आवश्यक कागजात अपलोड गरेपछि प्राप्त हुने ट्राभल परमिट प्रिन्ट गरी साथमा लिएर यात्रा गर्नुपर्नेछ। प्रमाणपत्र प्राप्त गरेका यात्रुहरुले खोप लगाएको१२महिनाभित्र पुनः कतार प्रवेश गर्दा क्वारेन्टिन बस्नुपर्दैन।
प्रतिक्रिया दिनुहोस्