बजार उत्साहजनक रूपले बढ्दा दुई समूहमा गिरावट काठमाडौं। सेयर बजारमा उत्साहजनक रूपले बढेको दिन आज आइतबार दुई वटा समूहमा भने गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज ५८ अंकले बढे पनि होटेल तथा टुरिजम र म्यूचुअल फण्ड समूहमा गिरावट आएको हो। यसबाहेकका ११ समूहमा भने उत्साहजनक वृद्धि भएको नेप्सेले जानकारी दिएको छ। आज सबैभन्दा बढी लघुवित्त समूहमा ८६ अंकको र बैंकिङ समूहमा ७२ अंकको वृद्धि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्