सात महिनामा कोरोना महामारीका कारण भारतीय विमानस्थललाई साढे २९ अर्ब नोक्सान एजेन्सी।एयरपोर्ट अथोरिटी अफ इण्डिया(एएआई)ले सन् २०२१ को पहिलो सात महिनामा भारतीय विमानस्थललाई २९ अर्ब ४८ करोड भारतीय रुपैयाँ नोक्सानी भएको जनाएको छ।एएआईद्वारा सञ्चालित १३६ विमानस्थलले सो नोक्सानी बेहोर्नुपरेको हो।भारतका नागरिक उड्डयन राज्यमन्त्री वी.के.सिंहले यो आकडा लोकसभामा प्रस्तुत गरेका हुन्।यो नोक्सानी अघिल्लो वर्षको तुलनामा दुई गुणा बढी हो। सन् २०२० मा यो घाटा १३ अर्ब ६८ करोड भारतीय रुपैयाँ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्