नेपाली उद्योगमा स्वदेशी तथा विदेशी कुल लगानी २२ खर्ब ८३ अर्बभन्दा बढी
काठमाडौं। उद्योग विभागले नेपाली उद्योगमा हालसम्म स्वदेशी तथा विदेशी कुल लगानी २२ खर्ब ८३ अर्ब २८ करोड रुपैयाँ रहेको बताएको छ। ८ हजार ४५३ उद्योगमा उक्त लगानी भएको विभागले जनाएको छ। गत आर्थिक वर्ष २०७७/७८मा नयाँ २०३ उद्योगमा एकखर्ब ५६ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको थियो। अघिल्लो आर्थिक वर्ष २०७६/७७मा २७७ उद्योगमा एकखर्ब ५२ अर्ब रुपैयाँ लगानी स्वीकृत गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्