नेपाली उद्योगमा साढे तीन खर्बभन्दा बढी विदेशी लगानी काठमाडौं। उद्योग विभागले नेपालका उद्योगमा हालसम्म तीन खर्ब ६४ अर्ब ४६ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत भएको जनाएको छ। ५ हजार २३३उद्योगको लागि उक्त लगानी स्वीकृत भएको हो। गत आर्थिक वर्ष २०७७/७८मा १८३ उद्योगमा ३२ अर्ब दुईकरोड रुपैयाँ विदेशी लगानी प्रतिवद्धता आएको थियो। अघिल्लो आर्थिक वर्ष २०७६/७७मा २२३ उद्योगमा ३७ अर्ब ८० करोड रुपैयाँ लगाीन स्वीकृत भएको विभागले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्