पुँजीगत खर्च बढाउन अर्थविद्हरूको सुझावअनुसार अघि बढनेः अर्थमन्त्री शर्मा
काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च बढाउन अर्थविद्हरूको सुझाव बमोजिम नै तालिका बनाएर अघि बढ्ने योजना रहेको बताएका छन्। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसहित अर्थविद्हरूसँगको छलफलमा उनले यसो बताएका हुन्। सँगै, विकास निर्माणको कामलाई तीव्रता दिन विद्यमान सार्वजनिक खरिद ऐनका परम्परागत प्रावधानहरू बाधक रहको टिप्पणी गर्दै त्यसलाई समयानुकूल बनाउन प्रयत्न गर्ने शर्माले प्रतिबद्धता जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्