सरकारले बालबालिकालाई खोप लगाउन फाइजरसँग ६० लाख डोज खरिद गर्ने काठमाडौं। १२ देखि १८ वर्ष उमेरका बालबालिकालाई लक्षित गर्दै सरकारले ६० लाख डोज फाइजर खोप खरिद गर्ने भएको छ। अमेरिकाको फाइजर एन्ड बायोटेक कम्पनीले उत्पादन गरेको खोप खरिद गर्न सरकारले कम्पनीसँग सम्झौता पनि गरेको छ। उक्त उमेर समूहका ५० लाख जनसंख्यालाई लक्षित गर्दै फाइजर खोप खरिद गर्न लागिएको हो। आगामी बैशाखसम्म खोप उपलब्ध गराउने फाइजरले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्