नर्भिक हस्पिटलले प्रत्येक शनिबार निःशुल्क ओपिडी सेवा दिने
काठमाडौं। नर्भिक इन्टरनेशनल हस्पिटलले अब प्रत्येक शनिबार निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ। नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले आउने शनिबारदेखि नै सेवा सुरु गर्ने बताए। प्रत्येक साताको शनिबार विशेषज्ञ डाक्टरले बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म निःशुल्क ओपिडी सेवा दिनेछन्। सेवा लिनका लागि नर्भिक अस्पतालका ओपिडी प्रमुख क्षीतिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ।
प्रतिक्रिया दिनुहोस्